चार दसमलव ९९ अंकले घट्यो नेप्से

Dec 29th, 2019

काठमाडौं, पुुस १३

आज आईतबार नेप्से चार दसमलव ९९ अंकले घटेर ११ सय ६२ दसमलव ४३ अंकमा झरेको छ । सेन्सिटिभ पनि शुन्य दसमलव ९८ अंकले घटेर दुुई सय ५३ दसमलव ३९ अंकमा झरेको छ । नेप्सेमा आज एक सय ८१ कम्पनीहरुको छ हजार चार सय ५० वटा कारोवारमा १५ लाख ५४ हजार आठ सय ९० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४२ करोड २४ लाख ५३ हजार नौ सय नौ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा आठ वटा समुहको सुचक घटेर चार वटा समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ६५ अंकले घटेर एक हजार ३५ दसमलव एक अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक छ दसमलव ४८ अंकले घटेर १५ सय ८१ दसमलव ७५ अंकमा पुुगेको छ । जलबिद्युुत, निर्जिवन बीमा, होटल, लघुुबित्त, उत्पादनमुुलक र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन । टे«डिङ, जीवन बीमा, फाईनान्स र अन्य समुहको सुचक भने बढेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा प्रोग्रेसिभ फाईनान्स पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।