neapl investment mega bank
  • गृहपृष्ठ
  • जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

Dec 29th, 2019

काठमाडौं, पुस १३

काठमाडौं महानगरपालिका १५ स्वयम्भू किमडोल बस्ने जुन नुच्छे महर्जनको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका १ बस्ने २८ वर्षीय विशाल बिष्ट सहित ५ जनालाई नगद ८६ हजार ७ सय ५० रुपैयाँ र १ बुक तास सहित शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।