neapl investment mega bank
  • गृहपृष्ठ
  • हातहतियार तथा विष्फोटक पदार्थसहित मानिसहरू पक्राउ

हातहतियार तथा विष्फोटक पदार्थसहित मानिसहरू पक्राउ

Dec 29th, 2019

काठमाडौं, पुस १३

ताप्लेजुङ, मिक्वाखोला गाउँपालिका २ खोक्लिङ धुसेनी बस्ने ३१ वर्षीय चन्द्र बहादुर बस्नेतलाई हातहतियार तथा विष्फोटक पदार्थ बनाउने सामान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरीले सोही ठाउँस्थित उनको घर खानतलासी गर्दा ईलेक्ट्रिक डेटोनेटर ७ थान, नन ईलेक्ट्रिक डेटोनेटर १७ थान, ३ फिट ८ ईन्च लम्बाईको सेफ्टि फ्युज वायर, टाईम सेटिङ डिभाईस जस्तो वस्तु ३ थान, रिमोट कन्ट्रोल ३ थान, ब्याट्री सेट २ थान, जिलेटिन ४५ थान र कटुवा पेस्तोल १ थान सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

सुनसरी, बराह क्षेत्र नगरपालिका ८ सेरेचोकबाट ५ राउन्ड गोली लोड भएको मेड इन यूएसए लेखिएको रिभल्बर १ थान र विभिन्न कम्पनीका मोबाईल ९ थान सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा अजिरकोट गाउँपालिका ४ काफलडाँडा बस्ने ४१ वर्षीया उमा भुजेल र झापा दमक नगरपालिका २ बेलडाँगी बस्ने ३० वर्षीय सुमन सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा को.३५ प ६३३५ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त रिभल्बर र मोबाइलहरूसहित फेला पारी नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।