neapl investment mega bank
  • गृहपृष्ठ
  • दलगत स्वार्थ भन्दा माथि उठेर विकास र अधिकारमा जुट्नु पर्ने : साँसद माझी

दलगत स्वार्थ भन्दा माथि उठेर विकास र अधिकारमा जुट्नु पर्ने : साँसद माझी

Dec 29th, 2019

काठमाडौ, पुुस १३

नेपाल माझी महिला उत्थान संघ, केन्द्रीय समितिद्धारा आज इन्द्रावति गाउँपालिका वडा नंं ११, बोर्डगाउँ, सिन्धुपाल्चोकमा आयोजित माझी समुदाय, आदिवासी जनजाति संगठन, जनप्रतिनिधि र सरोकारवालाहरुसँग आदिवासी जनजातिहरुको अधिकार (आई.एल.ओ.१६९, यु.एन.ड्रि.प.) र दीगो विकासका लक्ष्यहरु सम्बन्धि सचेतना कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधिसभाका साँसद एवं पूर्व मन्त्री शेर बहादुर तामाङले माझी समुदायको आँगन भनेर चिनिने खोला बगरमाथिको अधिकारको लागि संघीय सरकारले इन्द्रावति नदिमा ताल निर्माण गर्न लागिएको वताउँदै आफु माझी समुदायको हक, अधिकारमा प्रतिवद्ध रहेको वताउनु भयो । कार्यक्रममा नेपाल माझी महिला उत्थान संघकी अध्यक्ष एवं प्रदेश नं. ३ कि साँसद रिता माझीले प्रदेशसभामा आदिवासी जनजाति र माझी समुदायको बृहत्तर हितका बिषयबस्तु उठान गरेता पनि दलगत स्वार्थका कारण त्यो लागु हुन नसकेको वताउँदै दलगत स्वार्थभन्दा माथि उठेर विकास र अधिकारमा जुट्नु पर्ने र आफु सधैं हक, अधिकारको लागि प्रतिवद्ध रहेको समेत वताउनु भयो ।

त्यस्तै इन्द्रावति गाउँपालिका अध्यक्ष बंशलाल तामाङले माझीहरुको परापूर्वक कालदेखि भोगचलन गरि आएको खोला किनारमा रहेको जग्गाको नाप गरेर पुर्जा दिलाउन प्रतिवद्धता जाहेर गर्नु भयो । कार्यक्रममा आदिवासी जनजाति वकिलहरुको समुह –लाहुर्निप) का सचिव बरिष्ठ अधिवक्ता शंकर लिम्बुले आईएलओ १६९ र युएनड्रिपमा आदिवासी जनजाति र माझी समुदायको अधिकार, कानुनी व्यवस्था, नीति र प्राप्तीका लागि माझी समुदायको भूमिका बारे प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा माझी विकास तथा अनुसन्धान परिषदका अध्यक्ष एवं भाषाविद धनबहादुर माझीले पानिमा माझी समुदायको अधिकार र अहिले हुन लागेको विस्थापित हुन लागेकोले समुदाय नै लाग्नु पर्ने वताउनु भयो । त्यस्तै स्थानीय सुब्बा माझीले सिन्धुपाल्चोकमा माझी समुदायको इतिहास, वर्तमान र वास्तविक अवस्थाको बारेमा प्रष्ट्याउनु भएको थियो ।

कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष दईन्द्र बहादुर ठकुरी, नेपाल माझी उत्थान संघका केन्द्रीय सदस्य रामजी माझी, नेकपाका इन्द्रावति अध्यक्ष नुन बहादुर सापकोटा, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी अध्यक्ष चिनिमाया माझी लगायतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रममा माझी समुदाय, आदिवासी जनजाति संगठन, जनप्रतिनिधि, स्थानीय संघसंस्था र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।