• गृहपृष्ठ
  • ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

Dec 29th, 2019

मस्को, १३ पुस (रासस/एएफपी)

रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने ‘हाइपरसोनिक अभानगार्ड’ क्षेप्यास्त्रहरू जडान गरेको रूसी रक्षा मन्त्रालयले बताएको छ । ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत गरेका थिए ।

रूसी अधिकारीले क्षेप्यास्त्रले सहजै दिशा परिवर्तन गर्न सक्नेछ र यसको परीक्षणका क्रममा यसको गति प्रतिघण्टा ३३ हजार किलोमिटर पुगेको थियो ।

राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पु¥याएको शुक्रबार सोवा जडान गरिएपछि सञ्चारकर्मीलाई दिइएको प्रतिक्रियामा बताउनुभयो ।

ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’ प्रणाली राखिएकोले प्रहार गर्न सहज बनाएको र त्यसलाई भेद गर्न असम्भव हुने दाबी गरिएको छ । रक्षामन्त्री सेर्गेई सोइगुले ‘डिसेम्बर २७ मा १० बजे’ ती क्षेप्यास्त्रहरू तैनाथ गरिएको बताउँदै सो घटनालाई महत्वपूर्ण भएको बताउनुभयो ।

रूसी नेता पुटिनले गत मङ्गलबार अभानगार्ड प्रणालीलाई अहिले भएका सबैखाले क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीहरूलाई भेदन गर्न सक्ने बताउनु भएको थियो । “अन्य कुनै पनि देशसँग यति छिटो उड्ने हतियार छैन, क्षेप्यास्त्रको कुरै छाडौँ, ।”

अभानगार्डलाई सन् २०१८ को मार्च महिनामा सार्वजनिक गरिएको भएपनि यसलाई जडान गरिएको थिएन । अन्तर महादेशीय क्षेप्यास्त्रको टुप्पोमा राखिएको अभानगार्डले दुई मेगाटनसम्मको परमाणु अस्त्र बोक्न सक्ने बताइएको छ ।