neapl investment mega bank

घुस दिएको अभियोगमा पक्राउ

Dec 28th, 2019

काठमाडौँ, १२ पुस (रासस)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।

वीरगञ्जबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ । खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ ।

आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।