neapl investment mega bank
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Dec 28th, 2019

काठमाडौं, पुस १२

झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट पौष १० गते एपीएफ टोलीले करीव दुई लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको कस्मेटिक सामान, लत्ताकपडा तथा औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गुल्म हेक्वा महोत्तरीबाट खटिएको एपीएफ टोलीले पौष ११ गते करीव एक लाख ८३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले

महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ६ स्थित सुर्यायीबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।