• गृहपृष्ठ
  • सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा

सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको निःशुल्क दुर्घटना बीमा

Dec 28th, 2019

काठमाडौं, पुुस १२

सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा पौष ११ गते आयोजित एक कार्यक्रमका बीच नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाले बीमा गरेको हो । सशस्त्र प्रहरी बलका गोताखोरहरुको बीमा गर्ने कार्य वि.सं. २०७४ सालदेखि सुरु गरिएको हो । सो बीमा प्रतिव्यक्ति दुई लाख रुपैयाँ बराबरको रहेको छ ।

सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापालाई सो इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले बीमा पोलिसी हस्तान्तरण गर्नुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा सशस्त्र प्रहरी बल नेपालले आफ्नो स्थापना कालदेखि नै महत्वपूर्ण रुपमा रहेको विपद् व्यवस्थापनको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आईरहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी कर्मचारीहरुले जस्तोसुकै विपद् र अप्ठेरो परिस्थितीहरुमा समेत विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आईरहेको बताउनुभयो ।

चुनौतीपूर्ण कार्यमा खटिईने गोताखोर तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई संगठनले विभिन्न कल्याणकारी प्याकेजहरुद्वारा सुविधा प्रदान गरिरहेको तथा थप सुविधा प्रदान गर्ने तर्फ संगठन योजनाबद्ध रुपमा लागि रहेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले यसैवर्षदेखि संगठनले नेपालमै गोताखोर तालिम समेत संचालन गरि थप १९ जना व्यवसायिक गोताखोर उत्पादन गरेर कार्यक्षेत्रमा परिचालन गरिसकेको कुरा समेत उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले सो इन्स्योरेन्स कम्पनीले सशस्त्र प्रहरी बल नेपालका गोताखोर तालिम प्राप्त कर्मचारीहरुले पु¥याएको योगदानबाट प्रभावित भई गरेको सो बीमा पोलीसीको प्रशंसा समेत गर्नुभयो । उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाका प्रमुख कार्यकारी अधिकृत अरुण कौशलले सशस्त्र प्रहरी बल नेपालका गोताखोरहरुको बीमा गर्न पाउँदा गर्व महशुस भएको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी बल नेपालले नागरिकको सेवा र सुरक्षामा प्रदर्शन गरेको व्यवासयिकता प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

उहाँले उक्त इन्स्योरेन्स कम्पनी लिमिटेड नेपाल शाखाको ४६औं वार्षिकोत्सवको अवसरमा कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत बीमा पोलीसी प्रदान गरिएको उल्लेख गर्नुभयो । सोही समारोहमा प्रमुख कार्यकारी अधिकृत कौशलले सशस्त्र प्रहरी निरीक्षक पुरुषोत्तम भण्डारीलाई एकमुष्ट रुपमा गोताखोर तालिम प्राप्त ३८ जना सशस्त्र प्रहरी अधिकृत, विल्लादार तथा जवानहरुकोे निःशुल्क बीमा पोलिसीको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरु तथा सो बीमा कम्पनीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।