विभिन्न धनमाल चोरी

Dec 28th, 2019

काठमाडौं, १२ पुस

काठमाडौं महानगरपालिका १५ बाङगेमुडा बस्ने बिष्णुराज गिरीको घरबाट सुनचाँदीका विभिन्न गरगहना, नगद ३० हजार रुपैयाँ, टिभी र आईप्याड समेत गरी करिब ३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार बिहान चोरी भएको छ ।

बर्दिया, ठाकुरबाबा नगरपालिका १ भुरीगाँउस्थित मनोज सुनारको विबेक विशेष बर्दिया सुनचाँदी पसलबाट काँचो सुन ७० तोला र चाँदी ३ केजी बिहिबार चोरी भएको छ ।

चोरीमा संलग्न फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।