neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 28th, 2019

काठमाडौं, १२ पुस

तेह्रथुम, म्याङलुङ नगरपालिका ७ लाप्छाङ टोल बस्ने गौमाया लिम्बुको घरमा शुक्रबार बिहान आगलागी हुँदा करिब ३ लाख ४० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

नुवाकोट, पंचकन्या गाउँपालिका १ बानियाँटार बस्ने मेघनाथ ढकालको घरमा बिद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।