neapl investment mega bank
  • गृहपृष्ठ
  • विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ

Dec 28th, 2019

पर्सा, १२ पुस

जिल्ला अदालत पर्साको २०७० असार २७ गतेको फैसलाले लागूऔषध मुद्दामा १ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी पर्सा बहुदरमाई नगरपालिका २ बस्ने लक्ष्मी साह तेलीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

यसैगरी जिल्ला अदालत पर्साको २०५९ असोज ८ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ३६ हजार ४ सय ३२ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी पर्सा कालिकामाई गाउँपालिका(४ बस्ने गनी महम्द भन्ने ७० वर्षीय गुली देवानलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुरक्षा प्रहरी वेश क्याम्प सुर्जाहाकट्टी पर्साबाट खटिएको प्रहरी टोलीले उनलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत पर्सामा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।