• गृहपृष्ठ
  • सिद्धार्थ बैंकद्धारा महिला उद्यमशील कर्जा सुरु

सिद्धार्थ बैंकद्धारा महिला उद्यमशील कर्जा सुरु

Dec 27th, 2019

काठमाडौ, पुुस ११

सिद्धार्थ बैंकले महिला उद्यमशील कर्जा सुरु गरेको छ । बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागि १५ लाख रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा” योजना सञ्चालनमा ल्याएकोे हो । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा दुुई प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र छ प्रतिशत ब्याज अनुदान उपलब्ध गराउनेछ ।

महिला उद्यमशील कर्जा सुविधा साना महिला व्यवसायीको वित्तीय पहुँचमा वृद्धि गर्नका लागि उल्लेख सहयोग पु¥याउने बैंकको विश्वास रहेको छ । यस कर्जा योजनाका प्रमुख आकर्षणहरूमा ९० प्रतिशत सम्म फाइनान्सिङ सुविधा अर्थात अधिकतम १५ लाख सम्म कर्जा पाईने, बार्षिक छ दसमलव दुुई प्रतिसतको आर्कषक व्याजदर, प्रशासनिक शुल्क नलाग्ने, अग्रिम भुक्तानी शुल्क नलाग्ने, सरल भुक्तानी सुबिधा र पाँच कार्यदिन भित्रै कर्जा स्वीकृत हुुने रहेकाछन । यो कर्जा सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको साझेदारी प्रोजेक्टद्धारा देशका साना तथा मझौला उद्यमहरुको वित्तीय पहुँचमा वृद्धि गर्न डिजाईन तथा सञ्चालन गरिएको हो ।

सिद्धार्थ बैंकले हाल देशभर १७६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, १९७ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।