• गृहपृष्ठ
  • सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय

सिद्धार्थ इन्स्योरेन्सको पोखरामा प्रादेशिक कार्यालय

Dec 27th, 2019

काठमाडौं, पुुस ११

सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले गण्डकी प्रदेशको पोखरामा प्रादेशिक कार्यालय खोलेको छ । कम्पनीका अनुसार उक्त कार्यालयका समुुद्धघाटन बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले गरेका हुुन ।

सो समारोहमा अध्यक्ष चापागाँईले व्यवसाय वृद्धि संगै संस्थागत सुशासन समेतलाई ध्यान दिन सुझाव दिंदै प्रादेशिक कार्यालयले बीमितलाई अझ प्रभावकारी बीमा सेवा प्रदान गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरे । कार्यक्रमका सभापति एवं कम्पनीका सञ्चालक पवनकुमार अग्रवालले अहिले सम्म गण्डकी प्रदेशका ११ वटा जिल्ला मध्ये ८ वटा जिल्लामा ११ वटा शाखा सञ्जाल मार्फत स्तरिय बीमा सेवा प्रदान गर्दै आएको बताउँदै भविष्यमा बाँकी जिल्लामा समेत शाखाहरुको विस्तार गरी अझ प्रभावकारीरुपमा बीमा सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरेन्द्र वैदवार क्षेत्रिले मन्तव्य राख्दै उत्कृष्ट बीमा सेवाप्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको बताए । सो समारोहमा स्थानिय बैंक तथा वित्तीय संस्थाहरु प्रमुखएवं व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।