neapl investment mega bank
  • गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Dec 27th, 2019

झापा, ११ पुस

आफ्नै २८ वर्षीया श्रीमती तारामई हेमरनलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको अभियोगमा शिवसताक्षी नगरपालिका ६ बस्ने झापा घर भएका ३२ वर्षीय शंकर मुर्मुलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।

घरायसी बिवादको कारण मुर्मुले आफ्नै श्रीमतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिवगंज र ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । छुरा प्रहारबाट गम्भिर घाइते भएकी तारामई हेमरनको प्राथमिक स्वास्थ्य केन्द्र शिबगंजमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।