neapl investment mega bank

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 27th, 2019

काठमाडौं, ११ पुस

दोलखा, शैलुङ गाउँपालिका ३ लाम्चे आहालस्थित जीबन श्रेष्ठको काठ चिरान मिलमा बिहीबार राति आगलागी हुँदा काठ र जस्ताले बनेको कच्ची घर, ठुलो चिरान मेशिन १ थान, जेनेरेटर १ थान, मोटर १ थान, काठ तथा विद्युतीय सामानहरू समेत जलेर करिब २४ लाख २ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरी, अग्नीसाईर कृषणासाबरण गाउँपालिका १ बस्ने ४१ वर्षीय प्रशुराम चौधरीको कुखुरा फर्ममा करेन्ट सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा उक्त फर्म पूर्णरूपमा जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, बराहपोखरी गाउँपालिका ४ बस्ने टंक बहादुर मगरको घरमा शुक्रबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।