बसको ठक्करबाट साइकलयात्रीको मृत्यु

Dec 27th, 2019

चितवन,पुस ११

भरतपुर महानगरपालिका १ दियालो रोडमा ना.४ ख ६३३० नम्बरको बसको ठक्करबाट साइकलयात्री राप्ती नगरपालिका १३ बस्ने १७ वर्षीय फिलिप प्रजाको बिहीबार बिहान मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।