• गृहपृष्ठ
  • यही पुस १६ गतेदेखि पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउदै

यही पुस १६ गतेदेखि पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनमा आउदै

Dec 27th, 2019

भद्रपुर, ११ पुस (रासस)

पूर्वाञ्चल क्यान्सर अस्पतालले यही पुस १६ गतेदेखि आफ्नो सेवा शुरुआत गर्ने भएको छ । झापाको विर्तामोड–५ मा अवस्थित सो अस्पताल रु चार अर्ब लगानीमा निर्माण सम्पन्न भएको हो ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अस्पतालका सञ्चालक दुर्गा प्रसाईले ३०० श्ययाको अस्पतालले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिनदेखि रेडियो थेरापी सेवा प्रारम्भ हुने जानकारी दिनुभयो । अस्पतालका मेडिकल डाइरेक्टर डा वीरेन्द्र यादवका अनुसार अस्पतालले अत्याधुनिक टुबिम मेशिन भित्र्याएकोछ । विसं २०७१ फागुन १८ गते विर्तामोडमा बिएन्डसी अस्पतालले सेवा शुरु गरेको थियो ।