neapl investment mega bank
  • गृहपृष्ठ
  • सरकारी कागज कीर्ते गरेको अभियोगमा वडा सचिव पक्राउ

सरकारी कागज कीर्ते गरेको अभियोगमा वडा सचिव पक्राउ

Dec 27th, 2019

बारा, पुस ११

जबरजस्ती करणी उद्योग कसूरका अभियुक्तलाई फाइदा तथा पीडितलाई नोक्सानी पुर्याहउने नियतले अभियुक्तको कीर्ते जन्म दर्ता बनाएको अभियोगमा पचरौता नगरपालिका वडा नम्बर ४ र ५ का वडासचिव प्रभु पंडितलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी उद्योग कसूर मुद्दामा जिल्ला अदालत बाराको यही पुस १ गतेको आदेशले हाल पुर्पक्षको सिलसिलामा कारागार कार्यालय बीरगंज थुनामा रहेका पचरौता नगरपालिका ५ बस्ने सोहन भन्ने १८ वर्षीय जितेन्द्र महतो नुनियाको २०५८ सालमा जन्म भएकोमा २०६० सालमा जन्म भएको भनि वडासचिव पंडितले कीर्ते कागज तयार गरेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । पंडित उपर लिखत सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ ।