• गृहपृष्ठ
  • मानव बेचविखन तथा बालबालिका माथि हुने व्यवसायिक यौनशोषण अन्त्यका लागि संचारकर्मीहरु संग अन्तकृया

मानव बेचविखन तथा बालबालिका माथि हुने व्यवसायिक यौनशोषण अन्त्यका लागि संचारकर्मीहरु संग अन्तकृया

Dec 27th, 2019

रसना ढकाल
काठमाण्डौ ,पौष ११


मानव बेचविखन तथ बालबालिका माथि हुने व्यवसायिक यौन शोषण अन्त्यका लागि सञ्चारकर्मीहरु सँग अन्तकृया गरिएको छ ।

महिला तथा बालबालिका बेचविखन विरुद्धको सहकर्मी समूह र विश्वास नेपालको संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा मानव बेचविखनको घटना नयाँ नयाँ तरिकाले अघि आइरहेको र यसलाइ रोक्न सबै सरोकार वालाहरुको भूमिका मह्त्वपूर्ण हुने बताइएको छ ।

कार्यक्रममा बोल्दै सञ्चारकर्मी दिपक अर्यालले , राज्यले नै मनोरञ्जन क्षेत्रलाई व्यस्थित र मर्यादित बनाउनु पर्ने बताउनु भयो । त्यसैगरी सञ्चारकर्मी निर्मला घिमिरेले,“श्रम कार्यालयमा एक महिनामा मात्र ४ वटा श्रम सम्बन्धि मुद्दा परेको बताउदै श्रम सम्बन्धि गुनासोहरु सम्बन्धित निकाय समक्ष आउने वातावरण बनाउनु पर्ने बताउनु भयो ।

सोहि अन्तरकृयामा बोल्दै दोहरीमा कार्यरत एक श्रमिकले आफुले दोहरी साझमा काम गर्दा समयमा तलब नपाएको ,तलब माग्न जाँदा उल्टै नराम्रो बचन सुन्नु पर्ने, परिचयपत्र सञ्चालकले दिएता पनि न्युक्तिपत्र जस्ता मह्त्वपूर्ण कागजपत्र नपाएको गुनासो व्यक्तगर्नु भएको थियो ।

कार्यक्रममा मानव बेचविखन अनुसन्धान व्युरोकाप्रहरी नायब उपरिक्षक राजकुमार सिलवालले महिलालाइ घरेलु कामदारको रुपमा सरकारले बैदेशिक रोजगारीमा जान रोक लगाए पछि भारतको बाटो हुदै विदेश जाने र त्यसरी जाँदा बेचविखनमा पर्न सक्ने सम्भावना रहेको बताउनु भयो , साथै प्रहरी नायब उपरिक्षक सिलवालले मानव बेचविखनको तरिका नयाँनयाँ ढंगले अघि आइरहेको र दलालहरु अझै पनि गाउँगाउँ पुगेर आर्थिक रुपमा कमजोर लाइ प्रलोभन देखाइ शहरमा ल्याउने र अन्यन्त्र कार्यमा लगाउने गरेको पाइएको बताउनु भयो ।

कार्यक्रमको समापन काक्रममा महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपालका अध्यक्ष नातिसरा राइले, “मानव बेचबिखन विरुद्धको युएनको पार्लेमो प्रोटोकल २००० को तत्काल अनुमोदनको साथ ैमानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ तथा बालबालिका ऐनमा संघिय संरचना अनुसार शंशोध नगरी उद्दार गरिएकाहरु लाइ स्वदेश फिर्ती निर्देशिका÷नियमावलीको निर्माण गर्नु पर्नेमाजोड दिनु भयो ।

उक्त कार्यक्रममा मनोरञ्जन क्षेत्रमा महिला कामदारका समस्य ातथा चुनौतीहरूका सम्बन्धमा विश्वास नेपालका परियोजना संयोजक कमला सापकोटाले गर्नु भएको थियो भने मानव बेचबिखनको अवस्था र सम्बोध नगर्नु पर्ने सवाल अन्तर्गत चुनौती विषयमा एटविनका कार्यकारी निर्देशक बेनु माया गुरुङले प्रस्तुती गर्नु भएको थियो ।