neapl investment mega bank

खोपाचागुकी सुत्केरीको हवाई उद्धार

Dec 26th, 2019

चरिकोट, १० पुस (रासस)

दोलखाको बिगु गाउँपालिका–८ खोपाचागुकी सुत्केरीको हवाई उद्धार गरिएको छ । सो गाउँपालिकाकी १७ वर्षीया सुष्मा श्रेष्ठलाई सुत्केरीको जटिल अवस्थामा हेलिकप्टर मार्फत आज काठमाडौँ लगिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङको पहलमा उहाँको उद्धार गरिएको जनाइएको छ । सुत्केरी ब्यथा लागेको लामो समयसम्म पनि शिशु नजन्मिएपछि श्रेष्ठलाई खोपाचागु स्वास्थ्यचौकीले थप उपचारका लागि चरिकोट अस्पातललाई सिफारिस गरेको थियो । अस्पतालका चिकित्सक विनोद डङ्गोलले आमा र नवजात शिशुलाई खतरा हुने भएकाले तत्काल शल्यक्रिया गरी शिशु निकालिएको जानकारी दिनुभयो । उहाँले शल्यक्रियापछि सुत्केरीको श्वासप्रश्वासको गति बढेको र सघन उपचार कक्षमा राखी थप उपचार गर्नुपर्ने भएकाले तत्काल काठमाडौँ पठाइएको बताउनुभयो ।