• गृहपृष्ठ
  • शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले

शहीद स्मारक ‘ए’ डिभिजन लिग : सङ्कटा र जाउलाखेलले बराबरी खेले

Dec 26th, 2019

काठमाडौँ, १० पुस (रासस)

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सङ्कटा क्लब र जाउलाखेल युथ क्लबले १–१ गोलको बराबरी खेलेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा सङ्कटाले जाउलाखेलसँग बराबरी खेलेको हो ।

खेलको ३६औंँ मिनेटमा सङ्कटाका लागि लक्ष्मण रुचालले गोल गर्नुभएको थियो । उहाँले फ्रिकिकमा गोल गर्नुभयो । पहिलो हाफसम्म जाउलाखेलले गोलरहित खेल खेलेको थियो । दास्रो हाफको ७२औँ मिनेटमा जाउलाखेलका लागि विदेशी खेलाडी ड्याडी जुनियर बाम्बाले गोल गर्नुभयो । त्यसपछि दुबै टोलीले गोल गर्न सकेनन् ।

जारी लिगमा सङ्कटाले तीन खेलबाट चार अङ्क बटुलेको छ भने जाउलाखेलले तीन खेलबाट पाँच अङ्क जोडेको छ । लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रो हुनेले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौले रु सात लाख तथा छैंटौ हुनेले रु पाँच लाख पुरस्कार प्राप्त गर्ने आयोजक अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले जनाएको छ ।

सागमा रजत विजेता महिला ह्याण्डबल टोली सम्मानित

तेह्रौँ दक्षिण एशियाली खेलकूद ९साग० मा रजत पदक विजेता नेपाली महिला ह्याण्डबल टोलीलाई सम्मान गरिएको छ । परेली क्याटरिङ प्रालिले ह्याण्डबलका खेलाडी तथा प्रशिक्षकलाई आज यहाँ सम्मान गरेको हो । सैनिक तालीम तथा डक्ट्रिन महानिर्देशनालयका उपरथी शशीचन्द्रबहादुर सिंह तथा नेपाल ह्याण्डबल सङ्घका सल्लाहकार संयोजकसमेत रहनुभएका परेलीका प्रबन्ध निर्देशक विश्वबम मल्लले उहाँहरुलाई प्रशंसा पत्रसहित सम्मान गर्नुभएको हो ।

सम्मानित हुने खेलाडीमा बन्दना राई, उमा राई, कविता राई, सङ्गीता चौधरी, आइत ल्हामु शेर्पा, अर्चना न्यौपाने, बबिता श्रेष्ठ, देवकुमारी बाँस्तोला, दुर्गा बोहरा, झिनमाया थापा, कल्पना ओली, निशा राई, रामकुमारी चौधरी, रञ्जना राई, शान्तिकला राई र सारदा विक रहनुभएको छ ।

यस्तै प्रशिक्षकद्वय कृष्ण शाक्य र विन्दा थापा, व्यवस्थापक शान्ति थापा तथा ह्याण्डबल मुख्य प्रशिक्षक हिमाल दाहाललाई समेतसम्मान गरिएको थियो । सागमा ह्याण्डबलको फाइनलमा नेपाल भारतसँंग पराजित भएको थियो ।