neapl investment mega bank

मनाङको तापक्रम माइनस दश पुग्‍यो

Dec 26th, 2019

मनाङ, १० पुस (रासस)

चिसो बढेसँगै मनाङको तापक्रम माइनस दश पुगेको छ । चिसोका कारण मनाङवासी जिल्ला बाहिर जानेक्रम जारी रहेको छ । पर्यटक, कर्मचारी र जिल्लाभित्र रहेका स्थानीयवासी घरभित्र नै बस्न बाध्य भएका छन् ।

जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक श्रवणकुमार विकले मनाङको तापक्रम माइनस १० पुगेकोे र बेलुकी माइनस १६ देखि २० डिग्रीसम्म पुग्ने गरेको जानकारी दिनुभयो । उहाँका अनुसार खानेपानीको मुहान जमेर पानी धारोमा आएको छैन, मानिस घरभित्र बस्न बाध्य भएका छन् । माथिल्लो भेगमा रहेका मानिस जिल्ला बाहिर झरिसकेका छन् । थोराङला बेसक्याम्पदेखि मथिल्लो मनाङ सुनसानजस्तै भएको छ । पर्यटक आउने जाने क्रम जारी भए पनि होटल व्यवसायी भने होटलमा कुरुवा राखेर जिल्ला बाहिर पुगिसकेका छन् । प्रमुख जिल्ला अधिकारी पुष्परा ढकालले चिसो बढेपछि जिल्ला सुनसानजस्तो भएको बताउनुभयो तल्लो भेगमा समेत अधिकांश मानिस जिल्ला छोडी सकेका छन् ।