• गृहपृष्ठ
  • काठमाडौँमा ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने

काठमाडौँमा ‘खुकुरी सांगीतिक महोत्सव’ आयोजना हुने

Dec 26th, 2019

काठमाडौ, पुुस १०

खुकुरी रमको उत्पादक नेपाल डिस्टिलरीद्वारा प्रायोजित ‘खुकुरी सांगीतिक महोत्सव’ को आयोजना हुन गइरहेको छ । आगामी २८ डिसेम्बर, २०१९ शनिबारको दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म काठमाडौँस्थित मल्ल होटेलमा उक्त महोत्सव आयोजना हुन गइरहेको हो ।

नेपाली युवाहरुलाई खुकुरी रमका विभिन्न स्वादसँगै मनपर्ने संगीतकारहरुको प्रत्यक्ष प्रस्तुति अनुभव दिलाउने उद्देश्यले यस सांगीतिक महोत्सवको आयोजना गर्न लागिएको हो । कार्यक्रममा खुकुरीका विभिन्न पेय पदार्थमध्ये ‘हट रम पन्च’ कक्टेल मुख्य आकर्षण रहने छ ।

पहिलो पटक आयोजना हुन गइरहेको यस महोत्सवमा बिक्की गुरुङ, बर्तिका इयम राई, विपुल क्षेत्री, द एलिमेन्ट्स, भेक, ब्लुज एण्ड स्पार्क, पहेँलो बत्ति मुनि तथा ५ः५५ जस्ता लोकप्रिय कलाकारहरुको सांगीतिक प्रस्तुति रहने छ भने डि जे फिन्जोक, डि जे बिकी कुल, डि जे बिपिएम, डि जे विधान, डि जे नील, डि जे मनिष र डि जे पल टेन जस्ता चर्चित डि जेहरुले पनि आफ्नो संगीत प्रस्तुत गर्नेछन् ।

यसअघि खुकुरी रमले ‘खुकुरी म्युजिक टुर’ नामले स्थानीय सांगीतिक कार्यक्रम आयोजना गर्दै आएको थियो । खुकुरी सांगीतिक महोत्सव जस्तो वृहत् महोत्सव आयोजना गर्न गइरहेको भने यो पहिलो पटक हो र कम्पनीले यो महोत्सवलाई यस वर्ष प्रायोजन गर्ने जानकारी दिएको हो ।