• गृहपृष्ठ
  • प्रहरीद्धारा भन्सार छली ल्याएका ५५ लाख मुल्य बराबरका विद्युतिय सामग्रीहरू नियन्त्रणमा

प्रहरीद्धारा भन्सार छली ल्याएका ५५ लाख मुल्य बराबरका विद्युतिय सामग्रीहरू नियन्त्रणमा

Dec 26th, 2019

काठमाण्डौ, पुुस १०

महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरी टोलीले भन्सार छली ल्याएका करीव ५५ लाख रूपैया बराबरका विद्युतिय समानहरू सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले यही पुस नौ गते काठमाण्डौ महानगरपालिका २५ टेंगालबाट गुहेश्वरी बस्ने २७ वर्षिय निकेश शाक्य र लैनचौर बस्ने नुवाकोटका रेश्मा श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

टेगाल स्थित हरिबहादुर श्रेष्ठको घर खानतलासी गर्दा दुुई वटा कोठाबाट प्रहरीले नगद १५ लाख ७७ हजार, एनएमबी बैंकको पाँच लाख ७३ हजार रुपैयाँ बराबरको चेक, यसैगरी आई प्याड २३ थान, आई फोन ११ अठार थान, एपल ब्राण्डको घडी नौ थान, वायरलेश एयर फोन छ थान, एपलको पेन्सील एक थान, सामसुुङ मोवाई १५ थान र क्यामराको लेन्स एक थान समेत बरामद गरेको छ ।
बरामद भएको सामान र पक्राउ परेका व्यक्तिहरुउपर आवस्यक अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।