• गृहपृष्ठ
  • हुण्डी कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ

हुण्डी कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ

Dec 26th, 2019

काठमाडौ, पुस १०

हुुण्डी कारोवारमा संलग्न व्यक्तिहरु पक्राउ परेकाछन । जिल्ला प्रहरी कार्यालय पर्साका अनुुसार आज बिहिबार बिहान १०ः३० बजे यस कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्ला पर्सा बी.म.न.पा.वडानं.१६ रजतजयन्ती चौक स्थित सडक खण्डमा विभिन्न सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारतको रक्सौलबाट बीरगंज तर्फ ना.२९.प.८५९५ नं. मो.सा.चढी आउदै गरेको भारत विहार जिल्ला मोतिहारी पुर्बी चम्पारण रक्सौल वडा नं.१० बस्ने बर्ष ४४ को सुशिल कुमार शर्मा र ऐ.वडा नं.४ बस्ने बर्ष १८ की सरोजनी कुमारीको साथबाट श्रोत खुलाउन नसकिएको अवैध नगद चार लाख रुपैयाँ सहित पक्राउ गरेको हो ।

सो नगद र मो.सा.सहित निजहरुलाई नियन्त्रणमा लिई निजहरुसंग उक्त पैसा सम्बन्धी सोधपुछ गर्दा जिल्ला पर्सा बी.म.न.पा.वडा नं.१० आदर्शनगर स्थित रहेको आकृति कस्मेटीक पसलको साहु राज कुमार अग्रवाललाई दिन जान लागेछु भनी बताएकोले निज राज कुमार अग्रवाललाई खो.त.एवं पक्राउको लागि यस कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्दै जाँदा निजलाई सोही पसलको अगाडी सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको पर्सा प्रहरी कार्यालयमा ल्याई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।