आज पनि घट्यो नेप्से

Dec 26th, 2019

काठमाडौ, पुुस १०

नेप्से आज बिहिबार पनि घटेको छ । आज नेप्से शुन्य दसमलव ६२ अंकले घटेर ११ सय ६७ दसमलव ४१ अंकमा पुुग्दा सेन्सिटिभ शुन्य दसमलव ३६ अंकले घटेर दुुई सय ५४ दसमलव ३६ अंकमा पुगेको छ । एक सय ७२ वटा कम्पनीहरुको कारोवार भएकाछन । जसअनुुसार छ हजार वटा कारोवारमा १६ लाख ४१ हजार दुुई सय कित्ता सेयर खरिद बिक्री हुुंदा कारोवार रकम ५८ करोड ८६ लाख ७७ हजार आठ सय ८७ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको सुचक बढेकाछन भने आठ वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक शुन्य दसमलव ६९ अंकले बढेर एक हजार ४३ दसमलव ६६ अंकमा पुगेको छ । बिकास बैंक, टे«डिङ र जीवन बीमा समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत समुहको सुचक भने आज छ दसमलव ४७ अंकले घटेर नौ सय ३६ दसमलव ७० अंकमा पुुगेको छ । निर्जिवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि ओरालो लागेको छ ।

कमाउने कम्पनीको सुचीमा आज पहिलो स्थानमा नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीको सुचीमा पहिलो स्थानमा पाँचथर पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीको सुचीमा भने पहिलो भने आज पहिलो स्थानमा नेपाल बैंक परेको छ ।