• गृहपृष्ठ
  • सूर्यग्रहण लागेको बेला घरमै बसे सांसद , कोरम नपुगेपछि अर्थसमितिको बैठक स्थगित

सूर्यग्रहण लागेको बेला घरमै बसे सांसद , कोरम नपुगेपछि अर्थसमितिको बैठक स्थगित

Dec 26th, 2019

काठमाडौं ,पुष १०

अर्थ समितिको बैठक स्थगित भएको छ । विहिबार विहान ११ बजेको राखिएको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक सांसदहरुको गणपुरक संख्या नपुगेपछि स्थगित भएको हो ।

आजको बैठकमा राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगत खर्चको प्रवृति, समस्या र सुझाव, समष्टिगत अर्थतन्त्रका परिसूचकहरु र तिनको प्रवृत्ति लगायतका विषयमा विज्ञहरुसँग छलफल गर्ने कार्यसूची राखिएको थियो ।

तर विहिबार सूर्यग्रहण परेकोले अधिकांश सांसद अनुपस्थित रहेको समितिका एक कर्मचारीले वताए ।