• गृहपृष्ठ
  • सीमा विवाद वार्ताबाट समाधान : मन्त्री ज्ञवाली

सीमा विवाद वार्ताबाट समाधान : मन्त्री ज्ञवाली

Dec 26th, 2019

पाल्पा, पुस १० (रासस)

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कालापानीको सीमा विवाद वार्ताबाट समाधान हुुने बताउनुभएको छ । पाल्पाको तानसेनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्तासँगको भेटघाटमा उहाँले दुई देशबीचको सीमा विवाद वार्ताबाट हल गर्न सरकार सक्षम रहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीले पार्टी एकता प्रक्रियाको आधारभूत काम सकिएको बताउनुभयो । उहाँले पार्टी एकता प्रक्रियाका बाँकी काम पुस मसान्तसम्म सकिने जानकारी दिनुभयो । पार्टी एकताका सबै काम टुङ्गो लागेपछि पार्टी र सरकारका काम तीव्रगतिमा अघि बढ्ने उहाँको भनाइ थियो ।