• गृहपृष्ठ
  • ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Dec 26th, 2019

महोत्तरी, पुस १०

बर्दिबास नगरपालिका ३ पाटुस्थित सडकमा ना.६ ख २६४५ नम्बरको ट्रकले बुधबार बिहान ग.६ प १७८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिन्धुली तीनपाटन गाउँपालिका १० बस्ने २१ वर्षीय टेक बहादुर तामाङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते मोटरसाइकलमा सवार सिन्धुली तिनपाटन गाउँपालिका १० बस्ने २३ वर्षीय कुमार खातीलाई उपचारको लागि शुभस्वतिक अस्पताल बर्दिबासमा पठाइएको छ ।

फरार ट्रक चालकको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ