नियन्त्रित लागूऔषध सहित पक्राउ

Dec 26th, 2019

पर्सा, पुस १०

बीरगंज महानगरपालिका १६ रजत जयन्ती चोकबाट नियन्त्रित लागूऔषध सहित सोही स्थान बस्ने ३१ वर्षीय सुरज बेलदारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा बेलदारको साथबाट नियन्त्रित लागूऔषध फेनारगन १५ एम्पुल, डाईजेल्याप १५ एम्पुल र नुर्फिन १५ एम्पुल सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।