• गृहपृष्ठ
  • फेरि १ सय २२ जना चिनियाँ नागरिकहरु पक्राउ ,येस्तो छ कारण

फेरि १ सय २२ जना चिनियाँ नागरिकहरु पक्राउ ,येस्तो छ कारण

Dec 26th, 2019

काठमाडौं, पुस १०

गैरकानुनी क्रियाकलापमा संलग्न रहेको आशंकामा काठमाडौं तारकेश्वर नगरपालिका १ मनमैजु, काठमाडौं महानगरपालिका ३ महाराजगंज र बुढानिलकण्ठ नगरपालिका ३ बाट १ सय १४ जना पुरुष र ८ जना महिला गरी १ सय २२ जना चिनियाँ नागरिकहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

ईन्टरपोलको ८८औं महासभा सान्टियागो चिलीमा भएको बैठकमा Head of Interpol NCB बेइजिङ, चीन र NCB काठमाडौंका प्रमुखहरुबीच ट्रान्सबोर्डर साइबर अपराध जस्ता अपराध नियन्त्रणका लागि छलफल भएअनुसार NCB बेइजिङ, चीन र NCB काठमाडौंबीच जानकारी एवं खबर आदानप्रदान भई नेपाल प्रहरीद्वारा सूचना विकास गरी साइबर अपराध लगायत अन्य गैरकानुनी क्रियाकलापमा संलग्न हुन सक्ने आशंकामा उक्त ठाउँका ९ वटा घरमा तत्काल खोजतलास गरी उनीहरुलाई पक्राउ गरिएको हो ।

उक्त घरहरुमा अस्वाभाविक रुपमा अत्यधिक संख्यामा ल्यापटप, मोबाइल र अन्य सामान सहित शंकास्पद अवस्थामा भेटिएका उनीहरुलाई प्रहरीले पक्राउ गर्न खोज्दा महिला प्रहरी समेतको टोली उपर सोधपुछको क्रममा दुर्व्यवहार समेत गरेपछि उनीहरुलाई पक्राउ गरिएको र उनीहरुबाट मोबाइल ७ सय ४७ थान, ल्यापटप ३ सय ३१ थान, सिपियू ९८ थान, मोनिटर ९९ थान, पेनड्राइभ २२ थान, सिमकार्ड ३ सय २७ थान र राहदानी ६७ थान बरामद भएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले जनाएको छ ।

निजहरु अन्य अपराधमा समेत संलग्न हुन सक्ने अवस्था समेतलाई ध्यान दिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।