• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीव दुई लाख रुपैयाँ बराबरको सुर्ती बरामद

एपीएफ टोलीद्वारा करीव दुई लाख रुपैयाँ बराबरको सुर्ती बरामद

Dec 26th, 2019

सर्लाही, पुुस १०

सर्लाही जिल्लाको बसबरिया गाउँपालिका ३ स्थित मधुवनी नयाँ सडक खण्डबाट पौष ९ गते एपीएफ टोलीले करीव दुई लाख १० हजार रुपैयाँ बराबरको सुर्ती बरामद गरेको छ ।

गोडैटाबाट जनकपुरतर्फ जाँदै गरेको ना ३ ख ५४६५ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको चार सय २० के.जी. सुर्ती सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सुर्ती स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।