• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित पक्राउ

Dec 26th, 2019

मोरङ, पुस १०

मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २ नम्बर ढाटबाट पौष ८ गते एपीएफ टोलीले दुई लाख ७० हजार भारतीय रुपैयाँसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय सन्तोषकुमार यादव छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको २ सय वटा, दुई सय दरको २ सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेपछि पक्राउ गरिएको हो ।

पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।