• गृहपृष्ठ
  • समुन्नत समाज निर्माणमा समाजिक संघ सस्थाहरुको अहमभूमिका हुनु पर्ने : वक्ताहरु

समुन्नत समाज निर्माणमा समाजिक संघ सस्थाहरुको अहमभूमिका हुनु पर्ने : वक्ताहरु

Dec 26th, 2019

रसना ढकाल
काठमाण्डौ ,पौष १०


समुन्नत समाज निर्माणमा समाजिक संघ सस्थाहरुको अहमभूमिका हुनु पर्ने भन्दै एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन। बुधवार जिल्ला समन्वय समिती अन्तर्गत जिल्ला परियोजना सल्लाहकार समितीको वैठकमा विभिन्न क्षेत्रका पदाधिकारीहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा काठमाण्डौ महानगरपालिका वडा नम्बर ७ काअध्यक्ष शुद्धकुमार डंगोलले, संघ सस्थाहरुले समाजिक चेतनाका कार्यक्रमहरुलाइ स्कुल ,कलेज लक्षित गर्नुपर्ने बताउदै , पार्टी प्यालेसको नाउँमा काम गर्ने कामदार माथि चरम यौन शोषण भैरहेको गुनासो व्यक्तगर्नु भयो ।

सोहि कार्यक्रमलाइ सम्बोधन गर्दै समाजिक विकास शाखा प्रमुख सनद थापाले, सरकारी क्षेत्रमा हुने चरम भ्रष्टाचारलाइ निर्मुल गर्न सबै एकजुट हुनु पर्ने बताउनु भयो । कार्यक्रममा बोल्दै महानगरीय प्रहरी परिसर टेकुका प्रहरी नायब उपरिक्षक राजेन्द्र पोख्रेलले, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्कुल ,कलेजमा जनचेतनामूलक कार्यक्रम भैरहेको र यसमा समाजिक संघ सस्थाहरुले धेरै सहयोग गरेको बताउनु भयो । कार्यक्रममा मन्त्वय दिदै जिल्ला समन्वय समिती काठमाण्डौ कि उपप्रमुख सरिता दाहालले, समाजलाइ अग्र दिशामा लैजान संघ सस्थाहरुको भूमिकाको कदर गर्नु पर्ने जिकिर गर्नु भयो, साथै दाहालले समाजिक कृयाकलाप हरुलाइ समुदाय प्रहरी साझेदारी कार्यक्रममा राख्दै बालकहरु माथिहुने हिंसा न्युनिकरणको लागि सबै सार्वजनीक स्थलहरुमा स्टिकर टास्नु पर्नेमा जोड दिनु भयो ।

उक्त समिक्षा बैठकमा जिल्ला परियोजना सल्लाहाकार समितीका प्रमुख पिताम्बर अधिकारीले , संघसस्थाहरुले अनुगमन तथा मूल्यांकनको पाटोलाइ विशेष ध्यान दिनुपर्नेमा जोड दिदै असल अभ्यासका कार्यहरुलाइ पनि समावेश गर्नुपर्ने सुझावदिनु भयो ।

जिल्ला परियोजना सल्लाहाकार समितीको बैठकमा साथ साथ नेपाल र विश्वास नेपालले वर्ष २०७५/७६ मा सम्पन्न गरेका कार्यक्रमहरुको प्रस्तुति राखेका थिए । प्रस्तुतिको क्रममा साथ साथ नेपालकी कविता शाहाले , पछिल्लो समय बालकहरु माथिपनि यौन दुरव्यवहार बढिरहेको तर सम्बन्धित निकाय सम्म यो घटना आउननसकेको गुनासो व्यक्तगर्नु भयो । त्यसैगरीविश्वास नेपालकी कार्यकारि निर्देशक बालकुमारी आलेले, समुदायप्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मनोरञ्जन क्षेत्रमा कामग र्ने श्रमिकहरुको सवालमावि भिन्न जनचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको बताउदै दोहरी साझ र डान्सबार भन्दा पनि खाजाघरहरुमा बालिकाहरुको प्रयोग भैरहेको बताउनु भयो ।

जिल्ला परियोजना सल्लाहाकारको बैठक हरेक ६/६ महिनामा बस्ने गर्छ । यस वैठकमा समाजिक संघ सस्थाहरुले वर्षभरि आफुले गरेको कामहरुको समिक्षा गर्ने गर्दछन । कार्यक्रममा आएका सल्लाह र सुझावलाइ समाजिक संघ सस्थाहरुले आफनो कार्ययोजनामा राखेर कामगर्ने गर्दछन ।

स्मरणरहोस, साथ साथ नेपाल विगत २० वर्ष देखि विभिन्न माध्यमले सडक सम्म आइपुगेका बालबालिकाको हकहितको लागि काम गर्दै आइरहेको सस्थाहो भने विश्वास नेपाल विगत १३ वर्ष देखि दोहोरी साझ , डान्सबार तथा होटल रेष्टुरेन्टमा कामगर्ने श्रमिकहरुको हकहितको लागि काम गर्दै आइरहेको सामाजिक सस्था हो ।