• गृहपृष्ठ
  • ट्राफिक नियम उल्लङ्घन विरूद्ध विषेश अभियान

ट्राफिक नियम उल्लङ्घन विरूद्ध विषेश अभियान

Dec 25th, 2019

काठमाडौ, पुुस ९

महानगरीय ट्राफिक प्रहरी महाशाखाद्धारा सडक प्रयोगकर्ता, पैदल यात्री, चालक र सहचालक, स्कुल र कलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन गरेको छ । सो संगै उपत्यकाको ट्राफिक ब्यवस्थापनलाई थप प्रभावकारी बनाउन, सचेतना पश्चात सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोवाईल चेकिङ तथा कारवाही अभियान मार्फत उपत्यकामा पुस १ देखि ८ सम्म १५ हजार ४ सय ४४ सवारी ट्राफिक प्रहरीको कारबाहीमा परेका छन ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार आजसम्म सबैभन्दा धेरै सार्वजनिक सवारी साधनहरूमा ढोका खुल्ला राखेर चलाउने १ हजार २२ सवारी चालक कारबाहीमा परेका छन् । त्यस्तै, सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवत जावतमा अवरोध हुने गरी पार्किङ गर्ने ९५०, हर्न बजाउने ५००, मा.प.से. सेवन गरी सवारी चलाउने ७९०, लेन अनुशासन पालना नगर्ने ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६७०, एकतर्फी (वान वे) मा चलाउने १८९, जथाभवी सवारी मोड्ने २२९,बढी भाडा लिनेमा २४४ ट्याक्सी कारवाही, क्षमता भन्दा बढी यात्रु सवाररझुण्डाउने २८, CCTV/ Surveillance Vehicle मार्फत ५२९ सवारी कारवाही, ३१५ वटा ट्रक र ट्रिपर कारवाही, जेब्रा क्रसिङमा सवारी नरोक्ने २९५, सवारी साधनको अवस्था ठिक नभएको ५७० सवारी चालकहरूलाई कारवाही गरिएको जानकारी समेत दिनुभयो ।
उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना हुनेछ । साथै महाशाखाद्धारा मंसिर महिनामात्रै ५३,१९३ सवारी चालकलाई कारवाही गरिसकेको छ । यस्तै, ३ महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ७ हजार जना भन्दा बढीलाई सचेतना समेत प्रदान गरिएको छ ।