• गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहिनहरुका लागि सेतो छडी वितरण

महालक्ष्मी विकास बैंकद्वारा दृष्टिबिहिनहरुका लागि सेतो छडी वितरण

Dec 25th, 2019

काठमाडौ, पुस ९

महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्र्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको थापाथली शाखाले मिति २०७६/०७/२९ गते आइतबार देशका विभिन्न स्थानमा रहेका दृष्टिबिहिन बालबालिका तथा युवाहरुको हक अधिकार सुनिश्चित गरी उनिहरुको वृत्तिविकासमा टेवा पु¥याउदै अन्य व्यक्ति सरह जीवनयापन गर्न सक्षम बनाउने उद्देश्यले स्थापित दृष्टिबिहिन सहयोग केन्द« नेपाललाई एक सय थान सेतो छडी हस्तान्तरण गरेको छ ।

दृष्टिबिहिनलाई दैनिक व्रिmयाकलापका साथै हिडडुल गर्न सहजहोस भन्ने हेतुले बैंकले सेतो छडी प्रदान गरेको हो । बैंकले आगामी दिनहरुमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अभैm प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्घता जनाएको छ ।