• गृहपृष्ठ
  • कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गर्ने व्यक्ति पक्राउ

कन्सल्टेन्सीको नाममा साढे १० लाख ठगी गर्ने व्यक्ति पक्राउ

Dec 25th, 2019

काठमाडौ, पुस ९

कन्सल्टेन्सीको नाउँमा ठगी गर्ने व्यक्ति पक्राउ परेकाछन । महानगरीय अपराध महाशाखा टेकुले ठगी कार्यमा संलग्न धादिङको कटुन्जे गा.वि.स. वडा नं.९ घर भई हाल ललितपुर बस्ने ४२ बर्षिय सुमन भन्ने मान बहादुर गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार गुुरुङले वैदेशिक रोजगारको सिलसिलामा आफूलाई रिहाना एजुकेशन कन्सल्टेन्सीको संचालक भन्दै १० लाख ५० हजार रुपैयाँ ठगी गरेको भनि जिल्ला म्याग्दी मालिका गा.पा. वडा नं.-५ घर भई हाल काठमाडौं सामाखुशी बस्ने वर्ष ५० को हुमलाल गुरुङ समेतका व्यक्तिहरुले यस महाशाखामा जाहेरी दरखास्त दिए । सो सम्बन्धमा महाशाखाबाट खटिएको सादा पोशाकको प्रहरी टोलीले यही पुुस आठ गते दिउँसो अन्दाजी चार बजेको समयमा जिल्ला काठमाण्डौ डिल्लीबजारबाट सुमन भन्ने मान बहादुर गुरुङलाई फेला पारी निजलाई आज बुधबार थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ महाशाखाले जनाएको छ ।