नेप्से सामान्य अंकले बढ्यो

Dec 25th, 2019

काठमाडौ, पुुस ९

नेप्से आज बुधबार एक दसमलव ८२ अंकले बढेर ११ सय ६८ दसमलव तीन अंकमा चढेकोे छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव ५१ अंकले बढेर दुुई सय ५४ दसमलव ७२ अंकमा चढेको छ । आज एक सय ७५ वटा कमपनीहरुको छ हजार एक सय ६४ वटा कारोवारमा १६ लाख ८१ हजार आठ सय ३८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ५३ करोड ८३ लाख ४० हजार आठ सय २९ रुपैयाँ पुुगेको छ ।

नेप्समा आज १२ वटा समुहको कारोवार हुुंदा आठ वटा समुहको सुचक बढेर चार वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैक समुहको सुचक शुन्य दसमलव ४२ अंकले बढेर एक हजार ४२ दसमलव ९७ अंकमा पुुगेको छ । बिकास बैक समुहको सुचक पनि एक दसमलव दुुई अंकले बढेर १५ सय ८५ दसमलव ९४ अंकमा पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । जलबिद्युुत, लघुुबित्त, टे«डिङ र फाईनान्स समुहको सुचक भने घटेकाछन ।

कमाउने कम्पनीको सुचीमा आज नेपाल सेवा लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा नेपाल फार्ईनान्स परेको छ । बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज सानिमा बैंकको ऋणपत्र परेको छ ।