• गृहपृष्ठ
  • महालक्ष्मी नगरपालिकाका कर्मचारी घुस लिंदालिंदै पक्राउ

महालक्ष्मी नगरपालिकाका कर्मचारी घुस लिंदालिंदै पक्राउ

Dec 25th, 2019

काठमाडौं , पुष ९

अख्तियार दूरुपयोग अनुसंधान आयोगले महालक्ष्मी नगरपालिकाका २ कर्मचारी लाई घुस लिंदालिंदै रंगेहात पक्राउ गरेको छ ।

अख्तियारको विषेश टोलीले बुधबार महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिव कुमार घिमिरे र लोखापाल कुवेर के.शी. लाई सेवाग्राहीसंग ३० हजार घुस लिंदै गर्दा पक्राउ गरेको हो ।

पछिल्लो समय सरकारी कर्मचारी घुस लिंदालिंदै रंगेहात पक्राउ पर्ने क्रम बढेको छ ।