भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा

Dec 25th, 2019

ललितपुर, पुुस ९

महानगरीय प्रहरी प्रभाग लाकुरी भञ्ज्याङबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुक सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बुधवार विहान ६ः१५ बजे ललितपुर महालक्ष्मी नगरपालिका १० का पुर्ण बहादुर तामाङलाई १ थान भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको छ । लाकुरी भञ्ज्याङबाट लुभु आउने क्रममा प्रहरीले तामाङलाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।