• गृहपृष्ठ
  • ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा

‘ज्योति फिल्मस म्युजिक एवार्ड’ फागुनमा

Dec 25th, 2019

काठमाडौँ, पुस ९ (रासस)

ज्योति फिल्मस् प्रोडक्सनले गीत र कलाकारको प्रोत्साहनका लागि आगामी फागुन १ गते ‘ज्योति फिल्मस म्युजिक एवार्ड’ कार्यक्रम गर्न लागेको छ  । विसं २०७५ वैशाख १ देखि पुस २० गतेसम्म बजारमा आएका गीतसङ्गीतसँग सम्बद्ध ६० विधामा उत्कृष्ट हुनेलाई सम्मान दिन लागिएको हो ।
स्थापित र नवप्रतिभा दुवैलाई समेटेर सम्मान प्रदान गरिने आयोजक प्रोडक्सनका अध्यक्ष निरेन श्रेष्ठले जानकारी दिनुभयो  ।

आयोजकका अनुसार मनोनयनका लागि आवेदन फर्म खुला भइसकेको र पुस मसान्तसम्म फर्म भरिसक्न सबै सरोकार पक्षलाई आह्वान गरिएको छ  । सम्मान कार्यक्रममा दुई सञ्चारकर्मीलाई सम्मानसमेत गरिने बताइएको छ ।