आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Dec 25th, 2019

काठमाडौं,पुस ९

ललितपुर, गोदावरी नगरपालिका ८ बाग्मती किनारामा काठमाडौं कपन बस्ने उदयपुर गाईघाट घर भएका ३५ वर्षीय दिलिप सिंहको कुखुरा पालनको लागि बनाएको २ वटा टहरामा मंगलबार दिउँसो आगलागी हुँदा सोलार प्यानल, दाना, टहरा समेत जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका १० अधेरी बस्ने पुस्कल खड्काको घरमा मंगलबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

खोटाङ, खोटेहाङ गाउँपालिका ९ बाघेढुङ्गा बस्ने गर्ब बहादुर थापाको घरमा मंगलबार दिउँसो आगलागी हुँदा करिब ६ लाख ३१ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

पाँचथर, याङवरक गाउँपालिका १ च्याङथापु बस्ने चन्द्र वेघाको घरमा मंगलबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

धादिङ, नेत्रावती गाउँपालिका ३ सेमजोङ मुखिया टोल बस्ने २९ वर्षीय लोप्सङ तामाङको घरमा बुधबार बिहान आगलागी हुँदा करिब ५ लाख १२ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

झापा, दमक नगरपालिका १० सूर्य चोकस्थित बिजय राईको कुखुरा फार्ममा बिद्युत सर्ट भई मंगलबार साँझ आगलागी हुँदा सो कुखुरा फार्म जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी झापा, दमक नगरपालिका १ संगम चोक डेरा गरी बस्ने धनकुटा गुँरासे घर भएकी शर्मिला राईको किराना पसलमा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा पसल पूर्णरूपमा जलेर करिब १ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।