• गृहपृष्ठ
  • अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

अवैध रुपमा लगाएको गाँजा खेती नष्ट गरिएको

Dec 25th, 2019

चितवन, पुस ९

राप्ती नगरपालिका १३ बाँङसिलिङस्थित पाँच बिगाह क्षेत्रफलमा अबैध रुपमा लगाएको गाँजा खेती समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मंगलबार प्रहरीले नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितन र ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले उक्त गाँजा खेती फडानी गरी नष्ट गरेको हो ।