• गृहपृष्ठ
  • प्रहरी चौकी गिलुङको नवनिर्मित भवन उद्घााटन

प्रहरी चौकी गिलुङको नवनिर्मित भवन उद्घााटन

Dec 25th, 2019

लमजुङ, पुस ९

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले क्योलासोथार गाउँपालिका ९ टक्सारस्थित प्रहरी चौकी गिलुङको नवनिर्मित भवनको सोमबार आयोजित एक कार्यक्रमबीच उद्घामटन गर्नुभएको छ ।

उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक घिमिरेले नवनिर्मित भवनबाट आम नागरिकले छिटो छरितो र सरल एवम् सुलभ प्रहरी सेवा पाउनेमा आफू विश्वस्त रहेको बताउनुभयो । जनता केन्द्रीत प्रहरी सेवानै प्रहरी संगठनको पहिलो र महत्वपूर्ण प्राथमिकता भएकाले उल्लेख गर्दै उहाँले बद्लिदो परिस्थिति अनुसार प्रविधिमैत्री प्रहरीबाट जनमैत्री प्रहरी सेवा प्रवाह गर्नुको विकल्प नरहेको र यसप्रति संगठनले समेत थप वृहत गृहकार्य गरिरहेको बताउनुभयो ।

समुदाय प्रहरी साझेदारी अभियानले जनतालाई प्रहरीसँग प्रत्यक्ष जोडेकाले पछिल्लो समय समाजमा सुशासन कायम गर्न थुप्रै सकारात्मक पहलहरुले सार्थकता पाइरहेको चर्चा गर्दै प्रहरी नायव महानिरीक्षक घिमिरेले समृद्ध र समुन्नत समाज निर्माणका लागि नागरिकसँगको समन्वय र सहयोग उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो ।

राष्ट्रिय पुनस्निर्माण प्राधिकरण कोषको सहयोगमा उक्त भवनको निर्माण कार्य सम्पन्न भएको जानकारी दिइयो । कार्यक्रममा तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्का, क्वोलासोथार गाउँपालिका प्रमुख प्रेम बहादुर घले, गण्डकी प्रदेश श्रीमती संघ पोखराकी अध्यक्ष पार्वती शर्मा घिमिरे, जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरु लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।