• गृहपृष्ठ
  • श्रीराम टोवाकोबाट १० करोड ७३ लाख राजस्व छलि, हुण्डी कारोबारको कसुरमा ३ सय २९ जना माथि मुद्दा

श्रीराम टोवाकोबाट १० करोड ७३ लाख राजस्व छलि, हुण्डी कारोबारको कसुरमा ३ सय २९ जना माथि मुद्दा

Dec 25th, 2019

काठमाडौँ, पुस ९

राजस्व अनुसन्धान विभागले मंगलबार श्रीराम टोवाकोले कर छलेको भन्दै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको छ । सुर्तिजन्य पदार्थहरु अन्त शुल्क स्टिकर नलगाई बिना बिल बिक्री गरेर राजस्व छलेको भन्दै श्रीराम टोवाको कम्पनी बिरुद्ध रुपन्देहि जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार श्रीराम टोवाकोले १० करोड ७३ लाख राजस्व छलि गरेको बताएको छ ।श्रीराम टोवाकोका सञ्चालकहरुले सुर्तिजन्य पदार्थहरुको उत्पादन कम देखाउने र अन्त शुल्क स्टिकर नलगाई ५ वटा वितरकको सहायतामा सुर्तिजन्य बस्तु बेच्ने गरेको विभागको अनुसन्धानमा देखिएको छ । विभागले श्रीराम टोवाको र अन्य ५ वटा वितरक कम्पनी विरुद्ध ३ वर्षसम्म कैद र बिगोको दोब्बर हुन आउने रकम बराबरको जरिवाना माग गर्दै उनिहरु बिरुद्ध मुद्धा दायर गरेको छ ।

त्यसैगरि झुट्टा नक्कली मूल्यअभिबृद्धि करका बिल खरिद गरि ५९ लाख ३४ हजार राजस्व छलि गरेको भन्दै यसका सञ्चालक कमल प्रसाद तीवारी बिरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । त्यसैगरि विदेशी विनिमय अपचलन गरेको भन्दै मंगलबार नै भारतीय नागरिक असफाक मिर्जा्विरुद्ध ४८ लाख ७८ हजार १२० रुपैयाँ बिगो दाबी गर्दै विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

त्यसैगरि केहि दिन अघि मात्रै विभागले पेप्सी उत्पादक बरुण वेभरेजबाट नक्कली बिजक प्रयोग गरेर राज्यलाई ६४ करोड कर छली गरेको भन्दै एक अर्व चौरानब्बे करोड अठ्ठासी लाख बिगो दावी गर्दै ३ वर्ष कैद सजायको माग काठमाडौ ंजिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

बरुण वेभरेजका पूर्व तथा वर्तमान संचालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, बिनोद सिंह भनिने बिनोद कुमार सिंह र अशोक कुमार बिरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो ।

राजस्व अनुसन्धान विभागले पछिल्लो समय नक्कली भ्याट बिल प्रयोग गरेर राजस्व छल्ने फर्म तथा कम्पनी विरुद्द अनुसन्धान गरिरहेको छ ।

राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत आए पश्चात सरकारी कर्मचारी ८ जना सहित ५ सय १५ जनालाई प्रतिवादी वनाई १२ अर्ब १३ करोड बिगो कायम गरिएको छ ।