• गृहपृष्ठ
  • एन्फाले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथिको प्रतिबन्धको समय घटायो

एन्फाले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथिको प्रतिबन्धको समय घटायो

Dec 24th, 2019

काठमाडौँ, ८ पुस (रासस)

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले विमल घर्ती मगरसहित चार फुटबल खेलाडीमाथि लगाएको प्रतिबन्धको समय घटाएको छ । एन्फाको अनुशासन समितिले आज विमलसँगै अञ्जन विष्ट, दिनेश राजवंशी र सन्तोष तामाङमाथि गरिएको कारवाही २७ दिन घटाउने निर्णय गरेको हो ।

विश्वकप छनोटअन्तर्गत कुवेतसँगको खेलका लागि भुटान जाने अघिल्लो दिन ‘नाइट क्लब’मा गएको भन्दै अनुशासन समितिले विमल र दिनेशलाई ९० दिनको तथा सन्तोष र अञ्जनमाथि ४५ दिनको प्रतिबन्ध लगाएको थियो । उनीहरुमाथिको प्रतिबन्धको समय कात्तिक ३० गतेदेखि गणना गरिने एन्फाले निर्णय गरेको छ । चारैजना आवद्ध क्लबले प्रतिबन्धको समय घटाउन एन्फालाई गुहारेका थिए । एन्फाले चारै खेलाडीमाथि रु ५० हजार जरिवानासमेत गरेको थियो । प्रतिबन्धपछि उनीहरुले नेपालमा आयोजना गरिएको १३औँ दक्षिण एशियाली खेलकूद ९साग० गुमाउनु परेको थियो । अञ्जन र सन्तोषको निलम्बन पुस १५ गतेदेखि तथा विमल र दिनेशको निलम्बन माघ ३० गतेदेखि फुकुवा हुने एन्फाले जनाएको छ ।