• गृहपृष्ठ
  • राष्ट्रपतिसँग भारतीय राजदूतको बिदाइ भेट

राष्ट्रपतिसँग भारतीय राजदूतको बिदाइ भेट

Dec 24th, 2019

काठमाडौँ, ८ पुस (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालमा आफ्नो कार्यकाल पूरा गरी कूटनीतिक सेवाबाट निवृत्त हुन लाग्नुभएका नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले आज राष्ट्रपति भवन शीतलनिवासमा शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल–भारत सम्बन्ध, आपसी हित र चासोका विषयमा विचारविमर्श भएको थियो । आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग उहाँले बिदाइ भेट गर्नभयो । भेटका बेला दुई देशबीचको शताब्दीऔँ पुरानो सम्बन्ध, पारस्परिकि साझेदारी र सहकार्यलगायत समसामयिक विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले राजदूत पुरीलाई स्नेहोपहार पनि प्रदान गर्नुभएको थियो । दुवै भेटमा राजदूत पुरीका साथ उहाँकी श्रीमती पनि हुनुहुन्थ्यो । सोमबार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई उहाँकै निवास बालुवाटारमा राजदूत पुरीले बिदाइ भेट गर्नुभएको थियो ।

सन् २०१७ को २६ मार्चदेखि भारतीय राजदूतको रुपमा सेवा गर्नुभएका उहाँ १ जनवरी २०२० मा स्वदेश फर्कदै हुनुहुन्छ ।