नक्कली बैरीङ सहित पसल संचालक पक्राउ

Dec 24th, 2019

पर्सा, पुस ८

वीरगंज महानगरपालिका ८ घण्टाघरस्थित श्री श्याम मेसिनरी टुल्स पसलका संचालक सोही महानगरपालिका २ छप्कैया बस्ने छबिकान्त सरावगीलाई ३ हजार ५८ थान नक्कली बैरीङहरु सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

भारतमा निर्मित एसकेएफ कम्पनीको बैरिङ भनि सोही नाम गरेको नक्कली बैरिङहरु बिक्री बितरण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले पसलमा जाँच गर्ने क्रममा करिब २७ लाख रुपैयाँ मुल्य बराबरको उक्त नक्कली बैरीङहरु सहित फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।