नेप्से घट्दा कारोबार रकम बढ्यो

Dec 24th, 2019

काठमाडौं, पुस ८
आज मंगलबार नेप्से घट्दा कारोबार रकम बढेको छ । नेप्से आज दुई दमलव ३७ अंकले घटेर ११ सय ६६ दसमलव २१ अंकमा पुग्दा सेन्सिटिभ इन्डेक्स शुन्य दसमलव ३२ अंकले घटेर दुई सय ५४ दसमलव २१ अंकमा झरेको छ । एक सय ७१ कम्पनीहरुको नौ हजार १८ वटा कारोवारमा २० लाख २९ हजार आठ सय १५ कित्ता सेयर खरिद बिक्री हुँदा कारोवार रकम ७२ करोड १६ लाख ४२ हजार नौ सय ६५ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोबार हुँदा सात वटा समुहको सुचक घटेका छन् भने पाँचवटा समुहको सुचक बढेका छन् । ति मध्ये वाँणिज्य बैक समुहको सुचक शुन्य दससमलव ८४ अंकले बढेर एक हजार ४२ दसमलव ५५ अंकमा पुुगेको छ । ट्रेडिङ, फाईनान्स, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेका छन् । विकास बैंक, जलविद्युुत, निर्जिवन बीमा, जीवन बीमा, होटल, उत्पादनमुलक र लघुवित्त समुहको सुचक भने घटेका छन् ।

कमाउने कम्पनीको सुचीमा आज सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था परेको छ भने गुमाउने कम्पनीहरुको सुचीमा आखु खोला जलविद्युत कम्पनी परेको छ । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीहरुको सुचीमा भने पहिलो स्थानमा शिवम् सिमेन्ट परेको छ ।