• गृहपृष्ठ
  • साढे आठ हजार घुस लिने कर्मचारी रंगेहात पक्राउ

साढे आठ हजार घुस लिने कर्मचारी रंगेहात पक्राउ

Dec 24th, 2019

काठमाडौं, ८ पुष
पशुसेवा विभागका एक कर्मचारी घुस लिंदालिंदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले पशु सेवा विभागका लेखा अधिकृत रमेश कार्की ८ हजार पाँच सय रुपैया घुस लिंदै गर्दा पक्राउ गरेको हो ।

उनलाई सेवाग्रहीसँग काम गरिलिने बहानामा दिउँसो २ बजे घुस लिंदै गर्दा अख्तियारले कार्यालयबाटै रंगेहाात पक्राउ गरेको अख्तियारले जनाएको छ ।